ढिलासुस्ती र गल्ती बुझेर अघि बढ्न आग्रह

बुधबार, ०२ माघ २०७५, २० : ३५
ढिलासुस्ती र गल्ती बुझेर अघि बढ्न आग्रह

फाईल तस्विर

सुरुङ्गा । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीलाई आत्मसमीक्षासहित ढिलासुस्ती र गल्ती बुझेर अघि बढ्न आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियन झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेता सिटौलाले सरकारले गल्ती गरोस् र प्रतिपक्षलाई फाइदा होस् भन्ने पक्षमा काङ्ग्रेस नरहेको बताउनुभयो । उहाँले परिवर्तन र आन्दोलनका पक्षमा साथ दिने जनता निराश हुनु परेको जिकिर गर्नुभयो । डा गोविन्द केसीका माग सरकारले गरेको सम्झौताअनुरुप कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस