एमाले–माओवादीको बैठकः राष्ट्रियसभा निर्वाचन र सरकार निर्माणका लागि उपसिमित गठन

मंगलबार, २५ पुस २०७४, १९ : ३२
एमाले–माओवादीको बैठकः राष्ट्रियसभा निर्वाचन र सरकार निर्माणका लागि उपसिमित गठन

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले  पार्टी एकताको विषयमा भने टुंगो लगाउन सकेन ।  संयोजन समितिले राष्ट्रियसभा र प्रदेशसभा गठनमा देखिएका जटिलता अन्त्यको प्रयास खोज्न कार्यदल बनाएको छ ।
प्रदेशसभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन गरेको हो । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकपछि एमाले नेता गौतमले पार्टी एकता कसैले रोकेर नरोकिने बताउँदै यसलाई नकारात्मक ढंगले नसोच्न पत्रकारहरुसँग आग्रह गरे ।

उनका अनुसार बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली एकसाताका लागि उपचारका लागि विदेश जाने भएकाले आएपछि बस्ने बैठकले कार्यदल बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस