अफ्रिकन वर्ष खेलाडीको उपाधि मोहम्मद सलाहलाई

एजेन्सी

बुधबार, २५ पुस २०७५, १० : ०६
अफ्रिकन वर्ष खेलाडीको उपाधि मोहम्मद सलाहलाई

एजेन्सी । मोहम्मद सलाहले अफ्रिकन वर्ष खेलाडीको अवार्ड जितेका छन् । इंग्लिस क्लब लिभरपुलका फरवार्डसमेत रहेका सलाहलाई सेनेगलमा मंगलबार राति आयोजित एक विशेष कार्यक्रममा अवार्ड प्रदान गरिएको थियो ।

ईजिप्टका २६ वर्षिय सलाह लगातार दोस्रो पटक अफ्रिकन वर्ष खेलाडी भएका हुन् । लिभरपुलका साडियो माने र गाबोन तथा आर्सनलका पेरिक एम्रिक आबुमियाङलाई पछि पार्दै लगातार दोस्रो पटक अफ्रिका वर्ष खेलाडी भएका हुन् ।

सलाहले यसअघि बीबीसी अफ्रिकन बर्ष खेलाडीको अवार्ड पनि जितिसकेका थिए ।

सन् २०१८ मा सलाहले देश र क्लबमा गरेको प्रदर्शनलाई  आधार मान्दै अवार्ड हात पारेका हुन् ।

गत सिजन ४८ गोल गरेका सलाहले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याएका थिए ।

यस्तै अफ्रिका महिला खेलाडीको उपाधि दक्षिण अफ्रिकाकी थेम्बी गाट्लानाले जितिन् ।

 

प्रतिक्रिया दिनुहोस