काराबाओ कप : टोट्टनहामद्वारा चेल्सी पराजित

एजेन्सी

बुधबार, २५ पुस २०७५, ०९ : ५५
काराबाओ कप : टोट्टनहामद्वारा चेल्सी पराजित

एजेन्सी । काराबाओ कपको पहिलो लेगमा टोट्टनहामले चेल्सीमाथि कठिन जित हात पारेको छ । टोट्टनहामको घरेलु मैदानमा मंगलबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा टोट्टनहामले चेल्सीलाई १–० गोलले हरायो ।

टोट्टनहामको जितमा ह्यारी केनले गोल गरे । केनले २७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै टोट्टनहामका लागि प्रयाप्त बन्यो । चेल्सीका गोलरक्षक किपा एरिजाबालगाले डिबक्समा ह्यारी केनलाई लडाएपछि टोट्टनहामले पेनाल्टीको अवसर पाएको थियो ।

रेफ्रीले भिएआरको सहयोगमा पेनाल्टी दिएका थिए । उक्त अवसरलाई केनले नै सदुपयोग गरे । चेल्सीले खेलको अन्तिम समयसम्म गोल गर्ने मौका बनाएपनि सफल हुन सकेन । अब चेल्सी रटोट्टनहामबीचको दोस्रो लेग जनवरी २४ मा चेल्सीको मैदानमा हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस