एफए कप फुटबल :  आर्सनल र चेल्सी चौथो चरणमा

एजेन्सी

आइतबार, २२ पुस २०७५, ०९ : ५७
एफए कप फुटबल :  आर्सनल र चेल्सी चौथो चरणमा

एजेन्सी । आर्सनल र चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा आर्सनलले ब्ल्याकपुललाई ३–० गोलले पराजित गर्यो । चेल्सीले नटिङघम फरेष्टलाई २–० गोलले हरायो । 

आर्सनलको जितमा युवा फरवार्ड जोसेफ विललक दुई गोल गरे । एक गोल एलेक्स इओवीले थपेका थिए । ब्ल्याकपुलको मैदानमा भएको खेलमा ११औं मिनेटमा जोसेफको गोलबाट आर्सनलले अग्रता लिएको थियो । जोसेफले ३७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ८२औं मिनेटमा इओवीले गोल गर्दै आर्सनलको जित सहज बनाए । 

अर्को खेलमा चेल्सीका लागि दुवै गोल अल्भारो मोराटाले गरे । घरेलु मैदानमा चेल्सीले खेलमा पकड बनाएपनि दोस्रो हाफमा मात्र गोल गर्न सकेको थियो । अल्भारोले ४९औं र ५९औं मिनेटमा गोल गरेका थिए । चेल्सीले ३१औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेको थिएन । चेल्सीका सेस फाब्रिगासको पेनाल्टी नटिङघमका गोलरक्षक लुके स्टेलीले विफल पारेका थिए । 

शनिबार रातिनै भएका अन्य खेलमा एभर्टनले लिनकोन सिटिलाई २–१, क्रिस्टल प्यालेसले ग्रिम्सबाई टाउनलाई १–० र स्वान्सी सिटीले एस्टर्न भिल्लालाई ३–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । 

प्रतिक्रिया दिनुहोस