काठमाडौं । मानव स्वास्थ्यमा असर पर्ने विभिन्न नक्कली सिंगारका सामान तथा कस्टमेटीक सामानहरु आयत गरी विगत लामो समयदेखि ठूलो परिणममा बिक्री–वितरण गर्दै आएका तीन व्यापारीलाई प्रहरीेले कालोबजारी ऐन अन्तर्गत मुद्धा चलाउने तयारी गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले केही दिन अगाडी मूलुककै प्रमुख व्यापारीक केन्द्र नयाँसडकस्थित मख्खनबाट हेमराज जैन , चेतन गोयल र काशी लाठलाई ठूलो परिणाममा कस्टमेटीक सामानसहित पक्राउ गरेको थियो ।
नक्कली कस्टमेटीकको होलसेलमा र सुद्रामा कारोवार गर्ने उनीहरुलाई नक्कली सामान विक्री गरेको , चर्को मूल्यमा सामान बिक्री गर्ने गरेको , राजश्व छली गरेको लगायका विषयमा अनुसन्धान भै रहेको र कालोबजारी ऐन अन्तर्गत मुद्धा चलाउने तयारी भएको महानगरीय प्रहरी अपराध महाशाखाले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ पुस २०७५, १९ : ४८
लेखकबाट थप