मेस्सी वर्ष २०१८ को सर्वोत्कृष्ट खेलाडी

एजेन्सी

शुक्रबार, २० पुस २०७५, १६ : ५४
मेस्सी वर्ष २०१८ को सर्वोत्कृष्ट खेलाडी

एजेन्सी  । अर्जेन्टिनी ढुकढुकी एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी वर्ष २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । 

स्पेनको प्रतिष्ठित पत्रिका ‘मार्का’ ले बिहिबार मेस्सीलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो । 

उक्त मिडियाले सन् २०१८ भरीको प्रदर्शनका आधारमा विभिन्न एकसय जना उत्कृष्ट खेलाडीको मनोनयन यसअघि सर्वाजनिक गरेको हो । जसमा मेस्सी सबैभन्दा शीर्ष स्थानमा आए । 

उत्कृष्टको मुल्यांकन गर्न मार्काले आफ्ना पाठकलाई पनि भोटिङको अधिकार दिएको थियो । 

पाठक सहित मार्काको निर्णायक मण्डलले मेस्सीलाई शीर्ष स्थानमा राखेको हो । 

मेस्सीले बर्षको सर्वोत्कृष्ट यस पुरस्कार जित्न ब्यालोन डि‘ओर विजेता लुका मोड्रिचलाई पछि पारे । जसमा मोड्रिच, एट्लेटिको म्याड्रिडका एन्टोइन ग्रीजम्यान, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र पेरिस सेन्ट जर्मन (पिएसजी) का केलियन एमबाप्पे क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा रहे ।  

मेस्सीले २०१८ मा बार्सिलोनालाई ला लिगा र कोपा डेल रे कपको उपाधि दिलाएका थिए । मेस्सीले हालै पाँचौं पटक गोल्डेन बुट समेत जितेका थिए । 

प्रतिक्रिया दिनुहोस