काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई संरचनागत सुधारमार्फत सुदृढ बनाइने स्पष्ट पारेका छन्। उनका अनुसार यी निकायलाई हटाउने होइन, अझ प्रभावकारी बनाउँदै सरकारको सेवा प्रवाहलाई सबल बनाउने लक्ष्य राखिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा आयोगका पदाधिकारी तथा कर्मचारीसँग कुरा गर्दै उनले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भए मात्र सरकारी सेवा प्रवाह सहज हुने बताए। उनका अनुसार यी निकायहरूको क्षमता वृद्धि गर्नु नै वर्तमान आवश्यकता हो।
नीति अनुसन्धान प्रतिष्ठानको भूमिकाबारे उनले विज्ञ र अनुसन्धानकर्ताको योगदान अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै गहिरो अध्ययन र दीर्घकालीन दृष्टिकोण प्रस्तुत गर्न सक्ने जनशक्तिको आवश्यकता रहेको बताए। सरकारले त्यस्ता प्राज्ञिक सुझावलाई नीतिगत निर्णयमा रूपान्तरण गर्ने तयारी गरेको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ बैशाख २०८३, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा भाग लिन छोरी बोकेर प्रधानमन्त्री शाह चितवनमा
‘बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो’ : प्रधानमन्त्री शाह
आयोगहरूका सबै प्रतिवेदन एकमुष्ट अध्ययन गरेर कारबाही गर्छौ : प्रधानमन्त्री शाह
सुकुम्वासी बस्तीमा ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्नुस: प्रधानमन्त्री शाह
आजसम्म बुझाइएका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गर्छ : प्रधानमन्त्री शाह
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह