चिनीमा आर्थिक चलखेल , अझै घटेन मूल्य

विहीबार, ०५ पुस २०७५, ०७ : ४३
चिनीमा आर्थिक चलखेल , अझै घटेन मूल्य

काठमाडौँ l गत भदौ ३१ गतेदेखि चिनीको आयातमा सरकारले परिणात्मक बन्देज लगाएपछि दशैँ तिहारलगायत चाडबाडको बेला चिनीको मूल्य निर्धारणमा निजी क्षेत्र हाबी भयो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सरकारले मूल्य घटाउन नसकेपछि उपभोक्ताले चर्को मूलइ त निनृू प¥यो नै चिनीमा आर्थिक चलखेल भएको भन्दै संसदीय समितिहरुमा समेत कुरा उठाइयो तर, अहिले चिनीमा लगाइएको परिणात्मक बन्देजको पृष्ठभूमिमा भएको भनिएको अािर्थक चलखेल र मूल्य घटाउने विषय दुवै छाँयामा परेको छ ।

बुधबार चिनी उद्योगीहरुले प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा आफूसँग ३ अर्ब रुपियाँ बराबरको ७७ हजार मेट्रिक टन चिनी मौज्दात रहेको बताए ।

ठूलो परिणाममा चिनी मौज्दात रहेको पनि उद्योगी व्यवसाइीहरुले चिनीमा प्रतिस्पर्धी बजारको अवस्था सिर्जना हुन भने अझै दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस