काठमाडौं । नेपाल आयल निगमले मंगलबार राती १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा दुई रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य घटाएको हो ।
मूल्य घटेपछि एक लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस