क्षमता हेरेर जनताले भोट दिए : डिपी अर्याल

सफल खबर संवाददाता

शनिबार, २३ फागुन २०८२, १२ : १३
क्षमता हेरेर जनताले भोट दिए : डिपी अर्याल

काठमाडौं । काठमाडौं क्षेत्र-९ बाट निर्वाचित भएका रास्वपाका उपसभापति डिपी अर्यालले आफ्नो पार्टीको उम्मेदवारसंग भएको क्षमतालाई हेरेर जनताले विश्वास गरेको बताएका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिदै अर्यालले कसैको मुख हेरेर नभइ उम्मेदवारसंग भएको ईमान्दारीता, क्षमता र दुरदर्शीतालाई हेरेर जनताले विश्वास गरेको बताएका हुन् । उहाले आफुलाई मत दिने मतदाताको भावनालाई उच्च कदर गर्दै जनताको भावना अनुसार अघि बढ्ने उल्लेख गरे ।

जनताले आफुहरुलाई न्याय दिएको भन्दै उहाले अन्याय नहुने गरि काम गर्ने प्रतिवद्धता समेत जनाए।

प्रतिक्रिया दिनुहोस