झापा ५

ओलीभन्दा चार गुणा बढी मतले बालेन अगाडि

सफल खबर संवाददाता

शुक्रबार, २२ फागुन २०८२, १३ : ५८
ओलीभन्दा चार गुणा बढी मतले बालेन अगाडि

काठमाडौं । झापा ५ को पछिल्लो अपडेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहसँग निकै पछि परेका छन् । ओलीभन्दा बालेनलाई चार गुणाबढी मत आएको छ ।

अहिलेसम्म ७ हजार ६ सय ५१ मत गणना हुँदा बालेनलाई ५ हजार २ सय ५४ मत आएको छ । ओली १ हजार २ सय ४८ मतमा खुम्चिएका छन्। यस निर्वाचन क्षेत्रमा अन्य दलहरुलाई उल्लेख्य भोट आएको छैन । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ छन् । उनलाई ३२५ मत आएको छ ।

कांग्रेसकी उम्मेदवार मन्दरा चिमोरियाले १८५ मा ल्याएकी छन् । नेकपाका रञ्जित तामाङलाई १२९ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलार्लाइ ११ मत आएको छ । केही उम्मेदवारले मतको खातासमेत खोल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस