सुनसरी–३ : रास्वपाका अशोक चौधरी अघि

सफल खबर संवाददाता

शुक्रबार, २२ फागुन २०८२, १२ : ३४
सुनसरी–३ : रास्वपाका अशोक चौधरी अघि

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर-३ मा जारी मतगणनाको सुरुवाती नतिजाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोक चौधरीलाई अग्रस्थानमा देखाएको छ।

प्रारम्भिक चरणमा करिब ७ सय मत गणना भइसकेको अवस्थामा चौधरीले ३८७ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा अघि रहेका छन्।

नेकपा (एमाले)की उम्मेदवार भगवती चौधरीले १४८ मत प्राप्त गरेकी छन् भने नेपाली काँग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले १२१ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस