काठमाडौँ । नेकपा एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जनताको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् ।
प्रतिनिधि सभाको निर्वाचनको प्रारम्भिक प्रतिक्रिया दिँदै उनले प्रतिनिधि सभाको निर्वाचनको परिणाम स्वीकारेर अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।
उनले भने, ‘अब निर्वाचन परिणाम अब जे आउँछ जनताको अभिमतबाट प्रकट हुने निर्णय जे छ त्यो निर्णय स्वीकार्नुपर्छ।’ अहिलेको फैसला स्वीकार गरेर आगामी दिनमा संगठन निर्माण, अझ राजनीतिक मूल्य मान्यता स्थापित गर्ने र जनपक्षीय काममा आफ्नो ध्यान केन्द्रित हुने बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, १२ : ३२
लेखकबाट थप