पाटन (ललितपुर) । ललितपुर क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार उदय शमशेर राणाको अग्रता कायमै रहेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाको परिणामअनुसार राणाले तीन हजार १४४ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले एक हजार ७५३ मत प्राप्त गरेका छन् छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले एक हजार ६५२ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा कुल ७७ हजार ७३७ मतदातामध्ये ५२ हजार ६३२ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी २८ जना प्रत्यासी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, ११ : ४६
लेखकबाट थप