घर-घरमा मतदाता शिक्षा पुर्‍याउन सफल भएको निर्वाचन आयोगको दाबी

सफल खबर संवाददाता

सोमबार, १८ फागुन २०८२, २० : ४६
घर-घरमा मतदाता शिक्षा पुर्‍याउन सफल भएको निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले घरघरमा मतदाता शिक्षा पुर्‍याउन सफल भएको जनाएको छ ।

निर्वाचन आयोगले ३ फागुनदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको थियो । आइतबारसम्म चलेको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत आम मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरिएको छ । जसमार्फत जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास हुने आयोगको अपेक्षा छ ।

मतदानको कार्यमा आम मतदाताको सहभागिता अभिवृद्धि र बदर मतको संख्या न्यूनीकरण गर्नु मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुने आयोगको अपेक्षा छ ।

मतदाता शिक्षाका लागि आयोगले आम सञ्चार माध्यम, सामाजिक सञ्जाल र स्वयंसेवक परिचालन गरेको थियो ।

देशभरका नगरपालिका तथा गाउँपालिकाका स्थित ६ हजार ७४३ वडामा ३ फागुनदेखि १७ फागुनसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन भएका थिए ।

स्वयंसेवकले मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्त्व, निर्वाचन आचारसंहिता तथा गलत एवं भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस