अमेरिकी ऊर्जा क्षेत्रमा २० अर्ब डलर खर्चिँदै कतार

मंगलबार, ०३ पुस २०७५, ०७ : २३
अमेरिकी ऊर्जा क्षेत्रमा २० अर्ब डलर खर्चिँदै कतार

काठमाडौँ l कतारलाई छिमेकीले नाकाबन्दी लगाएको डेढ वर्ष पुगिसकेको छ । तर, यसबीचमा कतारीहरु हतोत्साहित भएका छैनन् । राष्ट्रिय दिवस मनाउँदै गर्दा आफू अझ बलियो भएको सन्देश उनीहरुले दिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

कतारमा १८ डिसेम्बरमा राष्ट्रिय दिवस मनाइन्छ । १८७८ मा कतारको एकीकरण गर्ने शेख जासिम बिन मोहम्मद अल थानीको जन्मदिनलाई आफ्नो राष्ट्रिय दिबस मानिन्छ ।

गत वर्ष नाकाबन्दी नाकाबन्दीकै बीचमा यो दिवस मनाइएको थियो । यसपटक सरकारले नागरिकलाई धीर भन्न र अझ बलियो हुन आग्रह गर्दैछ । कतारले आफूलाई अझ सक्षम तुल्याएको कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस