तेल ढुवानीमा ‘भेहिकल ट्र्याकिङ सिस्टम’ को तयारी

सोमबार, ०२ पुस २०७५, ०७ : ४९
तेल ढुवानीमा ‘भेहिकल ट्र्याकिङ सिस्टम’ को तयारी

काठमाडौँ l पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण गर्न सेक्युरिटी लकिङ सिस्टम जडान गरे पनि पूर्णरुपमा चुहावट नियन्त्रण नभएपछि नेपाल आयल निगमले ‘भेहिकल ट्र्याकिङ सिस्टम’ प्र्र्रयोगमा ल्याउने तयारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

इन्डियन आयल कर्पोरेट (आइओसी) बाट सेक्युरिटी लकिङ सिस्टम जडान गरेर निगमको विराटनगर डिपोमा आएको ट्यांकरबाट २५ सय लिटर डिजल चोरी भएको घटना सार्वजनिक भएपछि यो प्रविधिमा पनि प्रश्न उठेको छ ।

अहिले प्रयोगमा ल्याएको लकिङ सिस्टममा पनि छिटपुट चोरीका घटना भएपछि निगमले अझ उन्नत प्रविधि प्रयोग गर्ने रणनीति बनाएको हो ।

प्रतिक्रिया दिनुहोस