आर्टेमिस द्वितीयको प्रक्षेपणतर्फ अर्को परीक्षण

सफल खबर संवाददाता

शनिबार, ०२ फागुन २०८२, ११ : ४५
आर्टेमिस द्वितीयको प्रक्षेपणतर्फ अर्को परीक्षण

वासिङ्टन । चन्द्रमामा मानव फर्काउने महत्त्वाकांक्षी योजनाअन्तर्गत नासाले आर्टेमिस द्वितीय मिसनका लागि तयारी तीव्र बनाएको छ । अन्तरिक्ष उडानअघि यानको विश्वसनीयता सुनिश्चित गर्न गरिएको ‘भेहिकल कन्फिडेन्स टेस्ट’ अर्थात् यान विश्वास परीक्षण सम्पन्न भएसँगै प्रक्षेपणको सम्भावित समयरेखा थप स्पष्ट भएको छ ।

नासाले सामाजिक सञ्जाल एक्समार्फत अद्यावधिक सार्वजनिक गर्दै फेब्रुअरी १२ मा सम्पन्न विश्वास परीक्षणपछिको डाटाको समीक्षा भइरहेको जनाएको छ । निकट भविष्यमा अर्को परीक्षणको समय निर्धारण गर्नुअघि प्राप्त निष्कर्षहरूको सूक्ष्म अध्ययन गरिने नासाले उल्लेख गरेको छ । यसै महिनाभित्र दोस्रो ‘वेट ड्रेस रिहर्सल’ अर्थात् इन्धनसहितको पूर्ण पूर्वाभ्यास सञ्चालन गर्ने तयारी रहेको र मार्च महिनालाई सबैभन्दा प्रारम्भिक सम्भावित प्रक्षेपण विन्डोका रूपमा हेरिएको बताइएको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सीले जारी गरेको विस्तृत विज्ञप्तिअनुसार उडानपूर्वको बलियो प्राविधिक परीक्षणअन्तर्गत इन्जिनियरहरूले स्पेस लन्च सिस्टम (एसएलएस)कोर स्टेजको तरल हाइड्रोजन ट्यांकी आंशिक रूपमा भरेर मूल्यांकन गरेका थिए । रकेटमा इन्धन भर्ने क्रममा प्रयोग हुने क्षेत्रमा हालै प्रतिस्थापन गरिएका सिलहरूको प्रभावकारिता जाँच्नु परीक्षणको प्रमुख उद्देश्य थियो ।

प्रतिक्रिया दिनुहोस