काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी संगठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण भएको बताएका छन् ।
नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ को आज उद्घाटन गर्दै उनले जेनजी प्रदर्शनका कारण भौतिक र मानसिक रूपले कमजोर बनेका प्रहरीको मनोबल उच्च बनाउन यस्ता सम्मेलनले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले आमनागरिकको अपेक्षाअनुसार प्रहरी संगठन बनाउन यस्ता सम्मेलनले सहयोग पुग्ने बताए। गृहमन्त्री अर्यालले सम्मेलनबाट आएका राय सुझावलाई समेटेर अगाडि बढ्न गृह मन्त्रालयको साथ र सहयोग रहने बताए । प्रहरी व्यवस्थापन र परिचालनमा देखिएका समस्याको सम्मेलनमा गहन छलफल हुने उनले विश्वास लिए ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको प्रयोगसँगै पछिल्लो समय बढ्दै गएका विभिन्न खालका अपराधलाई नियन्त्रण गर्नका लागि यस्ता सम्मेलनले सहयोग पुग्ने बताए । “परम्परागत अपराधसँगै संगठित अपराध, साइवर अपराध, अन्तरराष्ट्रियस्तरमा हुने अपराधले मुलुक र समाज जटिल बन्दै गएको छ, यसको रोकथामका लागि सम्मेलनमा गहन छलफल हुनेछ”, उनले भने । उनले समाजमा हुने अपराध नियन्त्रणका लागि विषयविज्ञको राय र सुझाव लिन सम्मेलनको आयोजना गरिएको बताए ।
दुई दिनसम्म चल्ने सम्मेलनमा समाजमा हुने विभिन्न किसिमका अपराध र यसको नियन्त्रणका लागि अपनाउनुपर्ने कदमबारे छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ माघ २०८२, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ’: गृहमन्त्री अर्याल
गृहमन्त्री अर्याल र यूएनओडिसी दक्षिण एसिया क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट
‘सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका शाश्वत स्रोत हुन्’ : गृहमन्त्री अर्याल
निर्वाचन बिथोल्न खोजे कडा कारबाही हुन्छ : गृहमन्त्री
गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट
‘सुरक्षा निकायको क्षमता अभिवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको छ’ : गृहमन्त्री अर्याल