काठमाडौं । अमेरिका र इरानका अधिकारीहरूले शुक्रबार ओमानमा हुने वार्ताको पुष्टि गरेका छन् । बुधबार दुवै देशले इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता ओमानको राजधानी मस्कटमा हुने बताए ।
वार्तामा सहमति नभएको समाचारहरूबीच इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, “म ओमानी दाजुभाइहरूलाई आवश्यक सबै व्यवस्था गरेकोमा कृतज्ञ छु ।”
अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीहरूले पनि शुक्रबार ओमानमा हुने वार्ताको पुष्टि गरेका छन् । साताको सुरुमा अमेरिकी अधिकारीहरूले यो वार्ता टर्कीमा हुने सम्भावना व्यक्त गरेका थिए ।
वार्ताको पुष्टि भए पनि दुवै पक्षले स्पष्ट एजेन्डा सार्वजनिक गरेका छैनन् । तेहरान वार्ता पश्चिमसँग लामो समयदेखिको आणविक कार्यक्रम विवादमा मात्र सीमित रहनुपर्ने चाहन्छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने आणविक कार्यक्रमसँगै इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम, मध्यपूर्वमा तेहरान समर्थित लडाकु समूहहरूको भूमिका र इरानमा प्रदर्शनकारीमाथि कारबाहीमा पनि छलफल हुने बताएका छन् ।
इरानका एक वरिष्ठ अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई भने, “क्षेप्यास्त्र कार्यक्रम वार्ताको विषय हुनेछैन । यदि, अमेरिकाले गैर–आणविक मुद्दा ल्याउँछ भने वार्ता बिग्रिन सक्छ ।”
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २३ माघ २०८२, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा