काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । बुधबार राति झापाको कमल गाउँपालिका–२ स्थित सम्पर्क कार्यालयमा तोडफोड गरिएको हो ।
झापा निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत पर्ने उक्त स्थानमा हालै सम्पर्क कार्यालय खोलिएको थियो । रास्वपाका वरिष्ठ नेता एवं पार्टीबाट झापा–५ का उमेदवार बालेन्द्र शाह (बालेन)को प्रचारप्रसार, भेटघाटका निम्ति कार्यालय खोलिएको हो ।
तोडफोडबाट सम्पर्क कार्यालयको झ्यालका सिसा फुटेको रास्वपाका जिल्ला सभापति प्रकाश पाठकले जानकारी दिए । “कमल गाउँपालिकामा रहेको सम्पर्क कार्यालय तोडफोड भएको छ । तोडफोडबाट झ्यालका सिसा फुटेको छ । अन्य क्षति छैन,” उनले भने ।
सम्पर्क कार्यालयमा तोडफोड कसले गरेको भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तोडफोडबारे जानकारी प्राप्त भएको र थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०८२, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा तोडफोड गर्ने थप पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ
कांग्रेस सभापति देउवाको निवासमा तोडफोड
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ
त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड