कांग्रेस सभापति देउवाको निवासमा तोडफोड

सफल खबर संवाददाता

मंगलबार, २४ भदौ २०८२, १२ : ०५
कांग्रेस सभापति देउवाको निवासमा तोडफोड

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार प्रदर्शनकारीले तोडफोड गरेका छन्। भीडले मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेको प्रहरीले जनाएको छ।

यसअघि काठमाडौँको नैकापस्थित कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको घरमा समेत प्रदर्शनकारीहरूले आगजनी गरेका थिए।

जेन जेडको आन्दोलन दोस्रो दिन थप उग्र बन्दै गएको छ। पहिलो दिन भएको गोलाबारीपछि आन्दोलन झन् आक्रामक बनेको हो।

 

प्रतिक्रिया दिनुहोस