चितवनमा आज ‘मेट्स इडु एक्स्पो २०२६’ शुरु हुँदै, सम्पूर्ण तयारी पूरा

सफल खबर संवाददाता

शुक्रबार, १६ माघ २०८२, ०८ : ५६
चितवनमा आज ‘मेट्स इडु एक्स्पो २०२६’ शुरु हुँदै, सम्पूर्ण तयारी पूरा

चितवन । अग्रणी शैक्षिक परामर्श संस्था मेट्स इन्टरनेसनल एजुकेसन एण्ड भिषा सर्भिसेज, चितवन शाखाले आयोजना गर्न लागेको ‘मेट्स इडु एक्स्पो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै (आज) माघ १६ गते अर्थात (जनवरी ३०) बाट चितवनस्थित कार्यालय परिसरमा एक्स्पो आयोजना हुँदैछ ।

एक्स्पोमा अष्ट्रेलिया, क्यानडा तथा बेलायतका ५० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरू सहभागी हुने मेट्स चितवन शाखाका प्रबन्धक प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार एक्स्पोमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर तथा शुल्क विवरण सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।

‘एक्स्पोमा विद्यार्थीहरूले युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष रूपमा भेटघाट गर्न पाउनेछन्,’ प्रबन्धक पौडेलले भने, ‘आवश्यक कागजात पूरा भएका विद्यार्थीहरूले अन–द–स्पट एडमिसनसमेत लिन सक्नेछन्।’

एक्स्पोमा १२ कक्षा उत्तीर्ण, साथै ब्याचलर र मास्टर्स डिग्री अध्ययन गर्न चाहने जुनसुकै विद्यार्थीले शैक्षिक परामर्श लिन सक्नेछन् । विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता तथा कागजातको आधारमा छात्रवृत्ति प्राप्त गर्ने अवसर पनि पाउने बताइएको छ ।

कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहनेछ । जसबाट विद्यार्थीहरूले वित्तीय परामर्श तथा शैक्षिक ऋणसम्बन्धी जानकारी लिन सक्नेछन् । साथै, एक्स्पोमा सहभागी विद्यार्थीहरूका लागि गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको मेट्स इन्टरनेसनलले जनाएको छ ।

आज बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने एक्स्पोमा करिब ३०० भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

मेट्स इन्टरनेसनलले एक्स्पोमा सहभागी विद्यार्थीहरूका लागि निशुल्क शैक्षिक परामर्श, प्रोसेसिङ सेवा, साथै आईईएलटीएस (IELTS) तथा पीटीई (PTE) तयारी कक्षाहरू पनि निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस