निर्वाचन बिथोल्न खोजे कडा कारबाही हुन्छ : गृहमन्त्री

सफल खबर संवाददाता

विहीबार, १५ माघ २०८२, १७ : २०
निर्वाचन बिथोल्न खोजे कडा कारबाही हुन्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन् ।

निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री अर्यालले भयरहित निर्वाचनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत आयोगका पदाधिकारीसँग बिहीबार निर्वाचन आयोगमा निर्वाचनको शान्तिसुरक्षा र निर्वाचनको समग्र व्यवस्थापकीय तयारीका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस