काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार डा। श्रेष्ठलाई स्वागत गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौँ है त।’
डा. श्रेष्ठ २०७९ सालमा रास्वपाबाट समानुपातिक सांसद बनेका थिए। उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग् दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले कारवाही गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०८२, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति