काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत प्रयोग हुने मतपत्रको छपाइ कार्य सुरु गरिएको छ ।
सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीहरूले सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा पुगेर मतपत्र मुद्रण कार्यको अवलोकन गरेका थिए । निरीक्षणपश्चात् आयोगले प्रत्यक्षतर्फ करिब दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ प्रक्रिया प्रारम्भ भएको जानकारी दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार उक्त मुद्रण कार्य करिब १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसअघि समानुपातिक प्रणालीतर्फका लागि करिब दुई करोड आठ लाख ५० हजार मतपत्र छपाइको काम सम्पन्न भइसकेको आयोगले जनाएको छ ।
आयोगले आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा आवश्यक मतपत्र पठाइसक्ने योजना बनाएको छ । मतपत्रको सुरक्षासम्बन्धी व्यवस्था मिलाइसकिएको र निर्वाचनको समग्र तयारी निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको आयोगको भनाइ छ ।
यसअघि जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्ष प्रणालीका लागि करिब ११ लाख नमुना मतपत्र छापेर आयोगलाई हस्तान्तरण गरिसकेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०८२, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने
कार्यसूची अघि नबढ्दै प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित