काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाललाई नेदरल्यान्ड्सले १ सय ४१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको हो ।
नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे ।
१५ रनमै २ विकेट गएपछि बाबेट र कालिस मिलेर ७९ रनको साझेदारी गरेका थिए । नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १/१ विकेट लिए ।
नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०८२, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्कटल्यान्ड विरुद्धको खेलमा नेदरल्यान्ड्सको सनसनीपूर्ण जित
नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य, सिताले लिइन ५ विकेट