काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द गर्ने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिकी विदेश मन्त्रालयले बुधबार गरेको यो निर्णय गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको सूचीमा नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया नै स्थगित गरेको हो ।
अमेरिकाले यसअघि ४० देशका लागि लगाएको अध्यागमन र यात्रा प्रतिबन्धकै निरन्तरतामा थप ७५ देशलाई थपेको हो ।
भिसा प्रतिबन्ध लागेका ७५ देश
नेपाल, अफगानिस्तान, अल्बानिया, अल्जेरिया, बारबुडा, अर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया, ब्राजिल, म्यानमार, कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, कंगो, क्युबा, डोमिनिका, इजिप्ट, एरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाला, गिनी, हाइटी, इरान, इराक, आइभोरी कोस्ट, जमैका, जोर्डन, काजाकिस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, निकारागुआ, नाइजेरिया, पाकिस्तान, गणतन्त्र कंगो, रुस, रुवाण्डा, सेन्ट नेभिस, सेन्ट लुसिया, ग्रेनाडिन्स, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्वेकिस्तान, यमन
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०८२, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान र अमेरिकाबीच आणविक वार्ता पुन: सुरु हुने
अमेरिका-भारतबीच अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा
अमेरिका र इरान वार्ता गर्न सहमत
भारत र अमेरिकाबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता : भारतले रुसबाट तेल आयात रोक्ने
अमेरिकामा भीषण हिमआँधी, तीन जनाको मृत्यु
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क