काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता पक्षधर समूहबीच समायोजन भएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेकपा र वरिष्ठ उपाध्यक्ष सुमन सायमीको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालको एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको हो ।
काठमाडौंको गुठी आन्दोलनबाट उदाएका सायमीसहित नेवाःअभियान्ताहरू र सहकारी पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्षसहित नेता नेकपामा भित्रिएका हुन् । उनी ‘बालेनको डोजर’ विरुद्ध निरन्तर संघर्षमा थिए ।
समायोजनका क्रममा दुईपक्षबीच ३ विषयका १७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह-संयोजक माधव कुमार नेपाल र सुमन सायमीले हस्ताक्षर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० पुस २०८२, १७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुमन सायमी पार्टी प्रवेश गर्दा उपत्यकामा नेकपालाई कति फाइदा ?