काठमाडौँ । नेपाली काँग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठक दिउँसो बस्ने गरी हालका लागि टुंगिएको छ ।
पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर जारी राखेको छ भने अर्को पक्षले विशेष महाधिवेशनलाई स्वीकार्न तयार भएको छैन । पार्टीमा सहमति खोज्नका लागि बिहानदेखि तीन पक्षका नेताहरू संवादमा जुटेका थिए । वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले विषय प्रवेश मात्रै भएको जानकारी गराए ।
घिमिरेले भने, ‘विशेष महाधिवेशन आह्वान गर्नुपरेको कारण हामीले राख्यौँ । उहाँहरूले सुन्नुभयो । एजेण्डागत रूपमा दिउँसो २:३० बजे फेरि बैठक बस्ने निर्णय भएको छ ।’
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाँण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०८२, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस विवाद मिलाउन यी नेताले गदैछन् वार्ता
कांग्रेस विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने
संस्थापन पक्षसँग वार्ता गर्न गगन–विश्वले बनाए चार सदस्यीय समिति
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
काँग्रेस केन्द्रीय समिति विघटनको प्रस्ताव पेस
कांग्रेसको विशेष महाधिवेशन बन्दशत्रमा के-के हुन्छ ?