इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क

सफल खबर संवाददाता

मंगलबार, २९ पुस २०८२, ०७ : २०
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूबाट अमेरिकामा आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यो निर्णय सोमबारदेखि तत्काल लागु हुने उनले बताएका छन् ।

इरानमा जारी सरकारविरोधी प्रदर्शनका बीच यो कदमले तेहरानमाथि दबाब बढाउने अपेक्षा गरिएको छ । ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमध्ये चीन, इराक, यूएई, टर्की र भारत प्रमुख साझेदार रहेको उल्लेख गरिएको छ ।

यसैबीच, इरानमा मुद्रा अवमूल्यन र बढ्दो महँगीका कारण सुरु भएको प्रदर्शनमा सयौँको मृत्यु भएको दाबी गरिएको छ भने हजारौँ पक्राउ परेका छन् ।