काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन संस्थापन पक्षको असहमतिका बीच शुरु भएको छ । आइतबार उद्घाटन भएको विशेष महाधिवेशनको बन्दशत्र आज देखि सुरु हुँदैछ ।
बन्दशत्र कसरी चल्छन् ? र बन्दसत्रपछि कांग्रेसले के निर्णय लिएर निस्कन्छ ? भन्ने आम चासोको विषय बनेको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहान १० बजेबाट बन्दशत्र सुरु हुने बताइएको छ । विशेष महाधिवेशनपक्षर नेता गुरुराज घिमिरेका अनुसार, बन्दशत्र सुरु हुनु अगाडी आज बिहान ८ बजेबाट दर्ता छुटेका महाधिवेशन प्रतिनिधिहरुको नाम दर्ता गराइनेछ । बिहान १० बजेबाट बन्दशत्र सुरु हुनेछ ।
सुरुमा पार्टी विशेष महाधिवेशन पक्षधर नेताहरुका तर्फबाट सहभागीमध्ये जेष्ठ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको बन्दशत्रको अध्यक्षता गर्नेछन् । त्यसपछि पार्टीको निर्वाचन समिति सदस्य राजु कट्टेल नेतृत्वको समूहले बनाएको बन्दसत्रको कार्यविधिको मस्यौदा बन्दशत्रमा प्रस्तुत हुनेछ । कार्यविधिको मस्यौदा नेता नारायण भट्टराईले बन्दसत्रमा वाचन गर्नेछन् । त्यसपछि त्यसमा सामान्य छलफल गरेर पारित गरेपछि बन्दशत्र अगाडी बढाउने योजना बनाइएको नेता घिमिरेले बताए ।
कार्यविधि पारित भएपछि महामन्त्रीद्दय विश्वप्रकाश शर्मा र गगन थापाले पार्टीका तर्फबाट सांगठनिक र राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । त्यसपछि सहभागी प्रतिनिधिहरुलाई समुह विभाजन गरेर प्रतिवेदनहरुमाथी आवश्यक सुझाव र टिप्पणी राख्नका लागि छलफलमा सहभागी गराइनेछ ।
महामन्त्रीद्दयले प्रतिवेदन पेश गरेर समुह विभाजन गर्ने र खानाका लागि व्रेक गर्ने योजना बनाइएको छ । खानापछि प्रतिवेदनमाथी निश्चित समय तोकेर समुहगत छलफल चलाइनेछ । त्यस्तो समुहगत छलफल आठ समुह बनाएर गराउने तयारी छ । प्रदेशस्तरीय सात समूह र विदेशस्थित जनसम्पर्क समिति तथा भ्रातृसंस्थाको थप एक वटा समेत गरेर ८ समूह बनाएर महामन्त्रीद्दयको प्रतिवेदनमा रहेर पार्टीको नीति र संरचनागत सुधारका मुद्दामा समूहगत छलफल हुने नेता घिमिरेले जानकारी दिए ।
समुहबाट समुह नेता छानेर समुहमा उठेका सुझावलाई त्यसपछि बन्दशत्र हलमा समुह नेताहरुले धारणा राख्ने कार्यक्रम बन्नेछ । छलफल निष्कर्षसहित आजै बेलुकासम्म विशेष महाधिवेशन सक्ने योजना छ । समुहगत छलफलमा नेतृत्व चयनका सवालमा आउने धारणाका आधारमा भने नयाँ नेतृत्व के गर्ने भन्ने विषयमा बन्दशत्र प्रवेश गर्नेछ । नयाँ नेतृत्व चयन गर्दा पार्टी विभाजनको जोखिम के कस्तो हुने ? त्यसका लागि निर्वाचन कार्यविधि कस्तो बनाउने ? निर्वाचन समिति के गर्ने लगायतका विषय आउनेछ ।
नयाँ नेतृत्व चयनमा जाने की विधान लगायत सवै विषयमा संकल्प प्रस्ताव पारित गरेर जाने भन्ने पनि बन्दशत्रमा आएको सुझावका आधारमा तयार पारिने योजना विशेष महाधिवशेन पक्षधर नेताहरुले बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ पुस २०८२, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेसले जनकपुरमा आज आमसभा गर्दै, प्रतिज्ञापत्र सार्वजनिक गरिने
एमाले छाडेका जितेन्द्र देव काँग्रेसमा फर्किए
काँग्रेसले बोलायो अनुशासन समितिको बैठक
काँग्रेस स्याङ्जाको संकल्प : देशकै नमुना जिल्ला बनाउने
कांग्रेसले पार्टीको चुनावी प्रतिज्ञापत्र आज आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने