काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन संस्थापन पक्षको असहमतिका बीच शुरु भएको छ । आइतबार उद्घाटन भएको विशेष महाधिवेशनको बन्दशत्र आज देखि सुरु हुँदैछ ।
बन्दशत्र कसरी चल्छन् ? र बन्दसत्रपछि कांग्रेसले के निर्णय लिएर निस्कन्छ ? भन्ने आम चासोको विषय बनेको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहान १० बजेबाट बन्दशत्र सुरु हुने बताइएको छ । विशेष महाधिवेशनपक्षर नेता गुरुराज घिमिरेका अनुसार, बन्दशत्र सुरु हुनु अगाडी आज बिहान ८ बजेबाट दर्ता छुटेका महाधिवेशन प्रतिनिधिहरुको नाम दर्ता गराइनेछ । बिहान १० बजेबाट बन्दशत्र सुरु हुनेछ ।
सुरुमा पार्टी विशेष महाधिवेशन पक्षधर नेताहरुका तर्फबाट सहभागीमध्ये जेष्ठ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको बन्दशत्रको अध्यक्षता गर्नेछन् । त्यसपछि पार्टीको निर्वाचन समिति सदस्य राजु कट्टेल नेतृत्वको समूहले बनाएको बन्दसत्रको कार्यविधिको मस्यौदा बन्दशत्रमा प्रस्तुत हुनेछ । कार्यविधिको मस्यौदा नेता नारायण भट्टराईले बन्दसत्रमा वाचन गर्नेछन् । त्यसपछि त्यसमा सामान्य छलफल गरेर पारित गरेपछि बन्दशत्र अगाडी बढाउने योजना बनाइएको नेता घिमिरेले बताए ।
कार्यविधि पारित भएपछि महामन्त्रीद्दय विश्वप्रकाश शर्मा र गगन थापाले पार्टीका तर्फबाट सांगठनिक र राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । त्यसपछि सहभागी प्रतिनिधिहरुलाई समुह विभाजन गरेर प्रतिवेदनहरुमाथी आवश्यक सुझाव र टिप्पणी राख्नका लागि छलफलमा सहभागी गराइनेछ ।
महामन्त्रीद्दयले प्रतिवेदन पेश गरेर समुह विभाजन गर्ने र खानाका लागि व्रेक गर्ने योजना बनाइएको छ । खानापछि प्रतिवेदनमाथी निश्चित समय तोकेर समुहगत छलफल चलाइनेछ । त्यस्तो समुहगत छलफल आठ समुह बनाएर गराउने तयारी छ । प्रदेशस्तरीय सात समूह र विदेशस्थित जनसम्पर्क समिति तथा भ्रातृसंस्थाको थप एक वटा समेत गरेर ८ समूह बनाएर महामन्त्रीद्दयको प्रतिवेदनमा रहेर पार्टीको नीति र संरचनागत सुधारका मुद्दामा समूहगत छलफल हुने नेता घिमिरेले जानकारी दिए ।
समुहबाट समुह नेता छानेर समुहमा उठेका सुझावलाई त्यसपछि बन्दशत्र हलमा समुह नेताहरुले धारणा राख्ने कार्यक्रम बन्नेछ । छलफल निष्कर्षसहित आजै बेलुकासम्म विशेष महाधिवेशन सक्ने योजना छ । समुहगत छलफलमा नेतृत्व चयनका सवालमा आउने धारणाका आधारमा भने नयाँ नेतृत्व के गर्ने भन्ने विषयमा बन्दशत्र प्रवेश गर्नेछ । नयाँ नेतृत्व चयन गर्दा पार्टी विभाजनको जोखिम के कस्तो हुने ? त्यसका लागि निर्वाचन कार्यविधि कस्तो बनाउने ? निर्वाचन समिति के गर्ने लगायतका विषय आउनेछ ।
नयाँ नेतृत्व चयनमा जाने की विधान लगायत सवै विषयमा संकल्प प्रस्ताव पारित गरेर जाने भन्ने पनि बन्दशत्रमा आएको सुझावका आधारमा तयार पारिने योजना विशेष महाधिवशेन पक्षधर नेताहरुले बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ पुस २०८२, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व चुन्ला ?
कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र
विशेष महाधिवेशनबारे काँग्रेस संस्थापन पक्षले भन्यो : ‘पार्टी फुट्नु हुन्न
१८ सय ३० पुग्यो काँग्रेसको दोस्रो विशेष महाधिवेशनमा नाम दर्ता गर्ने प्रतिनिधिको संख्या
कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै
नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि