काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको स्वाधीनता र स्वतन्त्रतालाई कायम राख्न जनताको एकता आवश्यक रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले देशभरिका सबै देशभक्त नेपालीबीच एकता कायम गर्नुपर्नेमा जोड दिए । राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकार सुदृढ गर्नका लागि सबै नेपाली एकजुट हुनुपर्ने उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले वामपन्थी शक्तिबिच ध्रुवीकरण गर्ने उद्देश्यले नै नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको दाबी गरे ।
सोही कार्यक्रममा पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संरक्षण गर्नुपर्ने बताए ।
उनले उपलब्धि जोगाउन लोकतन्त्रवादी शक्ति र बाँकी रहेका वामपन्थीहरूलाई पनि मिलाएर लैजानुपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ पुस २०८२, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’