काठमाडौँ । काँग्रेसको दोस्रो विशेष महाधिवेशनमा नाम दर्ता गर्ने प्रतिनिधिको संख्या १८ सय ३० पुगेको छ । अपराह्नसम्म १८ सय ३० जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरेका हुन् ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ । यसमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ । आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया चलिरहेको छ । बिहान ९ बजेदेखि प्रतिनिधिको नाम दर्ता सुरु भएको थियो ।
काँग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ । काँग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
विशेष महाधिवेशनको उद्घाटन सुरु हुनुअघि सहभागीले काठमाडौँका विभिन्न छ स्थानबाट जुलुस निकालेका थिए । विशेष महाधिवेशन महामन्त्रीद्वय थापा र शर्माले भृकुटीमण्डपमा उद्घाटन गरेका छन् । बन्द सत्र भृकुटीमण्डपको सभाहलमा सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०८२, १७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विशेष महाधिवेशनबारे काँग्रेस संस्थापन पक्षले भन्यो : ‘पार्टी फुट्नु हुन्न
कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै
नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन