काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। भारतको नयाँ दिल्लीबाट दुई दिने भ्रमण सकेर संयोजक ‘प्रचण्ड’ सोमबार साँझ स्वदेश फर्किएका हुन्। उनी एयर इन्डियाको जहाजबाट फर्किएका हुन्।
नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियममा आयोजित एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा उनी सहभागी बनेका थिए। उनले प्रवासी नेपालीका साझा मुद्दा, आगामी निर्वाचनको महत्त्व र नेपाल(भारत सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा स्पष्ट पारेका थिए।
कार्यक्रममा भारतका विभिन्न राज्यहरूबाट आएका एक हजारभन्दा बढी प्रवासी नेपालीहरूको उत्साहजनक उपस्थिति थियो। सहभागीहरूले प्रवासी नेपालीका अधिकार, सम्मान, एकता, संगठन सुदृढीकरण तथा भविष्यका कार्यदिशाका विषयमा गहन छलफल गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ पुस २०८२, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन: प्रचण्ड
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
प्रचण्ड आज दिल्ली जादै, भोलि नै फर्किने
‘देश निर्वाचनमा केन्द्रित भयो’: ‘प्रचण्ड’
यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष जारी छ : प्रचण्ड
अन्योलता हट्यो, देश अब निर्वाचन तयारीतिर गयो: प्रचण्ड