काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। भारतको नयाँ दिल्लीबाट दुई दिने भ्रमण सकेर संयोजक ‘प्रचण्ड’ सोमबार साँझ स्वदेश फर्किएका हुन्। उनी एयर इन्डियाको जहाजबाट फर्किएका हुन्।
नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियममा आयोजित एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा उनी सहभागी बनेका थिए। उनले प्रवासी नेपालीका साझा मुद्दा, आगामी निर्वाचनको महत्त्व र नेपाल(भारत सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा स्पष्ट पारेका थिए।
कार्यक्रममा भारतका विभिन्न राज्यहरूबाट आएका एक हजारभन्दा बढी प्रवासी नेपालीहरूको उत्साहजनक उपस्थिति थियो। सहभागीहरूले प्रवासी नेपालीका अधिकार, सम्मान, एकता, संगठन सुदृढीकरण तथा भविष्यका कार्यदिशाका विषयमा गहन छलफल गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ पुस २०८२, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’