काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको रडाको रोकिएको छैन । आगामी फागुन २१ को चुनाव सम्मुखमा रहँदा कांग्रेसमा विशेष महाधिवेशन की नियमित महाधिवेशन ? चुनाव अगाडी की चुनाव पछाडी भन्ने रडाको चलेको लामै समय भईसकेको छ ।
कांग्रेसभित्रको यही घरझगडाले पार्टीभित्र अन्तरविरोध चर्काे छ । विवादले कतै पार्टी नै टुटाईदिने त होइन ? दुवै पक्षका नेता कार्यकर्ता भयभित छन् । अडानबाट कोही पछि हट्ने अवस्था छैन । यही मेसोमा आज पनि कांग्रेसको कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।
सस्थापन पक्ष र शेखर कोइराला समुहसमेत चुनाव अगाडी महाधिवेशन सम्भब नभएको भन्दै अब बैशाख २८ देखि ३१ को महाधिवेशन गर्नुपर्ने र अहिले चुनावी तयारीमा जुट्नुपर्नेमा छ । तर कांग्रेसका महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीभित्र फरक मत राखेर विशेष महाधिवेशनको तयारीमा जुटेका छन् । उनीहरु २७ र २८ पुसमा काठमाडौं भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने अन्तिम योजनामै अडिग छन् ।
यसले कांग्रेसको भविश्य के होला ? भन्ने प्रश्न उठेको छ । यहीवीच दुवै पक्षलाई मिलाउने मध्यमार्गी प्रस्ताव के होला ? भन्नेमा समेत नेताहरुले छलफल थालेका छन् । खासगरी यस्तो छलफलमा पार्टीका कार्यवाहक सभापति पूर्णवहादुर खड्का, नेता रमेश लेखक सस्थापनतिरबाट र इतर समुहबाट महामन्त्रीद्दय गगन र विश्वप्रकाश दुवै रहेर निरन्तर छलफल पनि जारी छ ।
विशेष महाधिवेशन गरिछाड्ने अडानमा रहेका महामन्त्रीद्दयको प्रस्तावको पनि सम्बोधन हुने, चुनावी तयारीमाप नि जुटिने र बैशाख अन्तिम साता नियमित महाधिवेशन गर्ने गरी मध्यमार्गी प्रस्ताव के होला ? भन्नेमा नेताहरुका बीचमा अनेक प्रस्तावमा छलफल भएको छ । यो छलफलका क्रममा विशेष महाधिवेशन पक्षधर रहेका महामन्त्रीद्दयकै बीचमा केही विषयमा फरक धारणा देखिएको छ ।
विश्वप्रकाश पार्टी विभाजन रोक्न आफुहरुसहित ५४ प्रतिशत महाधविशेन प्रतिनिधिले आह्रवान गरेको विशेष महाधिवेशनलाई महाधिवेशन प्रतिनिधि बोलाएर संकल्प सम्मेलनमा रुपान्तरण गर्ने गरी जान सकिनेमा लचिलो देखिएका छन् । तर अर्का महामन्त्री थापा भने नेतृत्व परिवर्तनमै जानुपर्ने अडानमा उभिएका छन् ।
विश्वप्रकाश शर्माले पार्टी विभाजन रोक्न मध्यमार्गी प्रस्तावमा रुपमा तीन बुँदे प्रस्ताव अगाडी सारेका छन् । उनी निकट एक नेताका अनुसार, शर्माले अगाडी सारेको तीन बुँदे प्रस्ताव यस्तो छ ः
१) ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनको ‘सेफल्यान्डिङ’का लागि केन्द्रीय कार्यसमिति बैठकले पुस अन्तिम साता (२७ र २८ पुस) महाधिवेशन प्रतिनिधिहरुको उपस्थितीमै ‘संकल्प सम्मेलन’ आह्वान गर्नुपर्ने । कांग्रेसको नितिका बारेमा छलफल गर्ने ।
२) फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनमा महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने ।
३) बैशाख २८ देखि ३१ मा पार्टीको नियमित महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गर्ने ।
महामन्त्री विश्वप्रकाश शर्माको यस्तो प्रस्तावमा गगनको भने फरक मत छ । उनी विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिको मागका आधारमा बोलाउने । त्यही विशेष महाधिवेशनबाट अन्य पदमा नभएपनि नेतृत्व भएपनि चयन गरेर जानुपर्ने र नियमित महाधिवेशन बैशाखमा गरेर त्यसपछि कांग्रेसको नयाँ कार्यसमिति चयन गरेर जाने प्रस्तावमै गगन अडिग छन् ।
उनले फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा कांग्रेस सभापति शेरवहादुर देउवालाई नै बोकेर जाँदा परिणाम राम्रो ल्याउन नसक्ने भन्दै नेतृत्व मात्र भएपनि बदलेर चुनावमा जानुपर्ने अडान राखिरहेका छन् । अहिले नेतृत्व परिवर्तन गर्न नसक्दा कांग्रेसको टिकट वितरणमा देउवा नै हावी हुने र चुनाव पछि कांग्रेस संसदीय दलको नेता र सरकारको नेतृत्व गर्ने अवस्था आए फेरि देउवा नै अगाडी सर्ने भएकोले पनि अहिले नै नेतृत्व परिवर्तन गरेर जानुपर्नेमा गगन लागेका छन् ।
महामन्त्री शर्माले राखेको तीन बुँदे प्रस्तावमा कांग्रेसको सस्थापन पक्ष पनि छलफलमा छ । कांग्रेसको आज बस्न कार्यसम्पादन समिति बैठकमा पनि शर्मासहित नेताहरुले निकालेको मध्यमार्गी प्रस्तावका बारेमा पनि छलफल हुनसक्ने कांग्रेसका एक पदाधिकारीले बताए ।
‘जसरी हुन्छ पार्टी विभाजनको बाटोमा जान रोक्नुपर्छ, मध्यमार्गी बाटो खोज्ने, महामन्त्रीद्दयको माग पनि सम्बोधन हुने र सस्थापनले अगाडी सारेको र कार्यसम्पादन समितिले निर्णय गरेको नियमित महाधिवेशन तालिकामा पनि अगाडी बढ्ने गरी बीचमो बाटोमा सहमति खोज्नुपर्छ,’ कांग्रेसका ती पदाधिकारीले भने ।
विशेष महाधिवेशन पक्षधर नेता मधु आचार्य सबै कुरा सस्थापन कसरी आउँछ भन्ने विषयले निर्धारण हुने बताउँछन् । विशेष महाधिवेशनका निर्णयलाई साझा संकल्पका रूपमा ग्रहण गर्ने परिस्थिति निर्माणमा काम भइरहेको आचार्यको भनाइ छ।
‘उहाँहरू (सस्थापन पक्ष) पार्टी रूपान्तरणको एजेन्डामा सकारात्मक हुनुभयो भने हामी एकताको पक्षमा सकारात्मक छौँ। विशेष महाधिवेशन जनताको एजेन्डा र पार्टीभित्रको एकताको पक्षमा उभिन्छ,’ आचार्य भन्छन्, ‘त्यही स्पिरिट बोकेर निर्वाचनमा जान्छौँ र आगामी वैशाख २८–३१ का लागि निर्धारित नियमित महाधिवेशनलाई विशेष महाधिवेशन पक्षधरले पनि ग्रहण गर्छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ पुस २०८२, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँलाई मधेशसँग जोड्न कमलपोखरीमा छठ पूजा आफूले सुरु गरेको गगन थापाको दाबी
गगन थापाले काँग्रेसको चुनावी प्रतिज्ञा पत्रबारे खुला प्रश्नोत्तर गर्ने
गगन थापाद्वारा पाँच वर्षे डिजिटल रूपान्तरण मार्गचित्र सार्वजनिक, ४ खर्ब आइटी निर्यात र २ लाख रोजगारी लक्ष्य
गगन थापाको डिजिटल नेपाल खाका : पाँच वर्षभित्रै ४ खर्बको आईटी सेवा निर्यात, २ लाख रोजगारीको लक्ष्य
आगन्तुकजस्तो देखिए पनि मधेशी परिवारको अंग हुँ : गगन थापा
‘संविधान र देश जोगाउन पनि काँग्रेसलाई भोट हाल्नुपर्छ’ : गगन थापा