काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा शुक्रबार २८ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक सम्पन्न भएको छ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपालमा सम्भावित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कानूनी र संरचनागत व्यवस्था मात्र पर्याप्त नभई तिनको प्रभावकारी कार्यान्वयन नै अहिलेको प्रमुख चुनौती रहेको बताए ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई केवल पोस्टर टाँस्ने, औपचारिक कार्यक्रम गर्ने वा एक दिनको सचेतनामा सीमित गर्न नहुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले भने, “यसलाई विद्यालय, अस्पताल, सरकारी कार्यालय, उद्योग तथा समुदायसम्म पुग्ने भूकम्प सुरक्षित निर्माण, सुरक्षित बसोबास र सुरक्षित व्यवहार प्रवर्द्धन गर्ने दीर्घकालीन जनचेतना अभियानका रूपमा अघि बढाउनुपर्छ।”
उनका अनुसार सरकारले पछिल्ला वर्षहरूमा भूकम्प तथा बहुविपद् जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण नीतिगत तथा संरचनागत पहलहरू गरेको छ। यद्यपि, ती प्रयासहरूलाई व्यवहारमा उतार्न सबै तहको समन्वय र सक्रियता आवश्यक रहेको उहाँको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०८२, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री अर्यालद्वारा १९१ दिनको कार्यकालको उपलब्धि विवरण सार्वजनिक
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
गृहमन्त्री अर्याल र प्रधान सेनापतिबीच छलफल
गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रिय सभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस