काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचार मुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्न निर्वाचनको तयारीमा लागि सकेको दाबी गरेका छन् ।
बिहीबार अध्यागमन विभागद्वारा काठमाडौँमा आयोजित ’विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरोकारवाला सबैको यथोचित भूमिकाको अपेक्षा पनि सरकारले गरेको बताए ।
यस्तै, कार्यक्रममा मन्त्री अर्यालले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने उद्देश्य आज शुभारम्भ भएको यस प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक कोशे ढुङ्गा साबित हुने मन्त्री अर्यालले विश्वास व्यक्त गरेका छन् ।
यस्तै, विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार यस प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत, बसेर लाई प्रभावकारी बनाउने उनीहरूको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउन, विपद्को समयमा खोजी तथा उद्धार कार्यमा सहजीकरण गर्न, उनीहरूको नेपाल बसाइका क्रममा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र अपराधको अनुसन्धान प्रभावकारी बनाउन र विश्व स्तरमा नेपाल लाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सहयोग गर्ने विश्वास लिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ पुस २०८२, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘म कुनै दलमा सहभागी छैन’ : गृहमन्त्री अर्याल
कर्णाली पुगेर गृहमन्त्री अर्यालले भने : ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’
विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔँ’: गृहमन्त्री अर्याल
निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैलाउनु न्यायोचित हुँदैन: गृहमन्त्री अर्याल
गृहमन्त्री अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले गरे भेट
संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकता: गृहमन्त्री अर्याल