नेकपासँग नाउपाको एकता

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०८२, १९ : ३४
नेकपासँग नाउपाको एकता

कैलाली । नेपाली कम्युनिस्ट पार्टी नेकपा र नागरिक उन्मुक्ति पार्टी नाउपाबीच पार्टी एकता भएको छ ।

आज पेरिसडाडामा भएको वार्तापछि दुई पार्टी एक भएका हुन् ।

पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी, चुनाब चिन्ह तारा मान्ने सहमति भएको छ । दुबै पार्टीका तिनै तहका जनप्रतिनिधि नेकपाका हुने सहमतिमा उल्लेख छ ।

नाउपाको तर्फबाट अध्यक्ष रन्जिता श्रेष्ठ नेकपाको तर्फबाट संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्षर गरेका छन् ।