काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकमा सभापति रवि लामिछानेको उपस्थिति रहेको छ।
बैठकमा पार्टीको आन्तरिक प्रतिस्पर्धा तथा प्राथमिक निर्वाचन प्रक्रियाबाट छनोट भएका प्रतिनिधि सभाका समानुपातिक उम्मेदवारहरूको सूचीलाई अन्तिम रूप दिने मुख्य एजेन्डा रहेको छ।
पार्टी प्रवक्ता मनीष झाका अनुसार केन्द्रीय समिति बैठकले समानुपातिक तर्फको उम्मेदवार सूचीलाई अन्तिम रूप दिनेछ। बैठकबाट आवश्यक निर्णयहरू गरी सूची निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०८२, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनसम्बन्धी संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि