गायिका त्रिशला र निर्माता नकिम समानुपातिक उम्मेदवार सिफारिस

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०८२, १४ : २६
गायिका त्रिशला र निर्माता नकिम समानुपातिक उम्मेदवार सिफारिस

काठमाडौँ । गायिका त्रिशला गुरुङ समानुपातिक उम्मेदवार सिफारिस भएकी छन् । उनलाई उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

चिकित्सक समेत रहेकी गुरुङ चर्चित गायिका पनि हुन् । उक्त पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेसागत दक्षताका आधारमा समानुपातिक उम्मेदवारको सूचीमा अघि सारेको हो ।

 

त्यस्तै, फिल्म निर्माता, प्रदर्शक तथा क्यू एफएक्स सिनेमाजका प्रमुख नकिम उद्दिनलाई पनि उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस