नेकपाले समानुपातिकमा सबै ‘नयाँ अनुहार’ पठाउने

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०८२, ११ : ३४
नेकपाले समानुपातिकमा सबै ‘नयाँ अनुहार’ पठाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा वा राष्ट्रियसभामा यसअघि सांसद र मन्त्री भइसकेका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने भएको छ ।

प्रत्यक्ष वा समानुपातिकबाट यसअघि निर्वाचित भएकालाई यसपालि सिफारिस नगरिने नेकपाले जनाएको छ ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची बुझाउने आज (पुस १४) अन्तिम दिन हो ।