काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग भएको ‘बृहत एकता’ सम्बन्धी सहमति केन्द्रीय समितिबाट अनुमोदन गरेको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार बसेको रास्वपाको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमति अनुमोदन गर्ने निर्णय गरेको हो। बैठकमा सहमतिको राजनीतिक औचित्य, सम्भावना र भावी कार्यदिशाबारे छलफल भएपछि केन्द्रीय समितिले यसलाई ऐतिहासिक निर्णयको रूपमा अघि बढाउने निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले बताए ।
रास्वपाले मुलुकमा व्याप्त भ्रष्टाचार, वेथिति र कुशासनको अन्त्य गर्दै सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायको स्थापना गर्ने उद्देश्यका साथ उक्त बृहत एकता गरेको जनाएको छ। पार्टीले यस सहमतिलाई राष्ट्र हितका लागि गरिएको ठूलो आँट, त्याग र आशाको प्रतिविम्बका रूपमा व्याख्या गरेको छ।
केन्द्रीय समितिले बृहत एकता सम्बन्धी सहमतिको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। रास्वपा र बालेनबिच आइतबार बिहान ७ बुँदे सहमति गरेको थियो । सहमतिअनुसार बालेन शाह रास्वपाबाट राजनीतिमा होमिने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०८२, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार ‘आलोकाचो’ निर्णयमा लागेको भन्दै रास्वपाभित्रै असन्तुष्टि
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी ( सूचीसहित)
रास्वपाको दुई मापदण्ड : साहलाई तुरुन्त कारबाही, गुरुङमाथि मौनता
रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो
रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी ९ एजेन्डा तय