काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधानमा वरिष्ठ नेताको पद सिर्जना गर्ने भएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहलाई ७ बुँदे सहमति गरी पार्टीमा भित्राएपछि रास्वपाले उनका लागि वरिष्ठ नेताको पद सिर्जना गर्ने गरी विधानमा ब्इवस्था गर्न लागेको हो ।
रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच आइतबार झिसमिसे विहानीमा भएको ७ बुँदे सहमतिमा बालेनको पार्टीमा हुने पदका बारेमा केही खुलाइएको छैन । यधपी, पार्टीको सभापति रवि लामिछाने हुने र अवको चुनावपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीका रुपमा बालेनलाई अगाडी सार्ने गरी रवि र बालेनका बीचमा ७ बुँदे सहमति भएको छ ।
रास्वपामा सभापति रवि लामिछाने छन् । दुई जना उपसभापति छन्, डिपि अर्याल र स्वर्णिम वाग्ले । उपसभापति दुवैले बालेनलाई नेता मान्ने र रवि पछिको मर्यादाक्रम हुने गरी वरिष्ठ नेताको पद सिर्जना गरी उनको ब्इवस्थापन गर्न लागिएको रास्वपा उपसभापति स्वर्णिम वाग्लेले खुलासा गरेका छन् ।
सहमति गर्दा बालेनले आफुलाई भावी प्रधानमन्त्री र दल नेताको रुपमा अगाडी सार्ने भएपछि पार्टीमा साधारण सदस्य मात्र रहेर पनि काम गर्ने बताएको तर प्रधानमन्त्रीको प्रस्तावमा चुनावमा जाने भएपछि रवि पछिको वरियता रहने गरी मिलाउन लागिएको वाग्लेले खुलासा गरेका हुन् ।
‘पार्टीको बागडोर रवि लामिछानेले सम्हाल्ने र सरकारमा पुगेको खण्डमा त्यसको नेतृत्व बालेन शाहले गर्ने सहमतिपत्रमा हस्ताक्षर भईसकेपछि अव उहाँहरू (रवि र बालेन) लगभग एक र दुईको बरियतामा हुनुहुन्छ,’ वाग्लेले भने, ‘पार्टीले उहाँ (बालेन) लाई भावी प्रधानमन्त्रीको उम्मेदवार भनेर प्रस्तुत गरिसकेपछि त्यसलाई न्याय हुने खालको बरियता उहाँलाई दिनुपर्छ । त्यस मानेमा रवि लामिछाने पछिको दोस्रो बरियतामा एउटा वरिष्ठ नेताको ओहोदामा उहाँ रहनु हुनेछ ।’
बालेनले सहमतिका बेला आफुलाई उपाध्यक्ष, सहअध्यक्ष वा वरिष्ठ उपाध्यक्ष लगायत केही पद पनि दिनु नपर्ने प्रस्ताव राखेको पनि वाग्लेले बताए । वालेन रविको सहमति गर्दा सँगै रहेका वाग्लेले बालेनको भनाई उद्धृत गदै भने, ‘मलाई यो उपाध्यक्ष, सह(अध्यक्ष वा वरिष्ठ उपाध्यक्ष कतै केही राख्न पर्दैन, मलाई एउटा साधारण केन्द्रीय सदस्यमा मात्र सीमित गर्दा हुन्छ भनेर बालेनजीले भन्नुभएको थियो, तर प्रधानमन्त्रीको उम्मेदवार भनेर पार्टीले प्रस्ताव गरेपछि रवि पछिको वरियता रहने गरी वरिष्ठ नेता बनाइन्छ ।’
बालेनले समानुपातिक सूचीमा भने ११० जनामध्ये ४० जना आफनो तर्फबाट हुने गरी रविसँग सहमति गरेका छन् । यधपी, यो विषय भने ७ बुँदे सहमतिमा खुलाइएको छैन । तर भित्रीरुपमा भने बालेनले विभिन्न् जेनजी समुहका नेता कार्यकर्ता, बालेनका टिमका सदस्यहरुलाई समेटेर ११० जनाको समानुपातिकभित्र ४० जना सहभागी गराउने गरी समझदारी बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको समानुपातिकतर्फ ३८७ जना आकांक्षीको अन्तिम सूची सार्वजनिक
सरकारी टोलीद्वारा रास्वपा पार्टी कार्यालय अनुगमन
रवि कारागारबाट बाहिरिएपछि पुराना दलहरू आत्तिए : रास्वपा
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी