राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र

सफल खबर संवाददाता

आइतबार, १३ पुस २०८२, १४ : ४४
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र

काठमाडौँ । तत्काल अधिवेशन बोलाउन माग गर्दै नेपाली काँग्रेसले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई ज्ञापन पत्र बुझाएको छ। 

राष्ट्रिय सभाका काँग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा गएको टोलीले आइतबार अध्यक्ष दाहाललाई भेटेर अधिवेशन बोलाउन माग गरेको हो। अध्यक्ष दाहालसँगको भेटवार्तामा काँग्रेस संसदीय दलले गरेको निर्णयबारे जानकारी गराएको छ। 

गत पुस १० गते बसेको काँग्रेस संसदीय दलको बैठकले राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको छ। देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाज उठाउने सार्वभौम संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ। 

 

काँग्रेस टोलीमा राष्ट्रिय सभा सदस्य कमलादेवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियारलगायत थिए।