काठमाडौँ । तत्काल अधिवेशन बोलाउन माग गर्दै नेपाली काँग्रेसले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई ज्ञापन पत्र बुझाएको छ।
राष्ट्रिय सभाका काँग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा गएको टोलीले आइतबार अध्यक्ष दाहाललाई भेटेर अधिवेशन बोलाउन माग गरेको हो। अध्यक्ष दाहालसँगको भेटवार्तामा काँग्रेस संसदीय दलले गरेको निर्णयबारे जानकारी गराएको छ। गत पुस १० गते बसेको काँग्रेस संसदीय दलको बैठकले राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको छ। देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाज उठाउने सार्वभौम संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ।
काँग्रेस टोलीमा राष्ट्रिय सभा सदस्य कमलादेवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियारलगायत थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा