काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ।
यसअघि सोमबार राति लामो समय छलफल गरेका उनीहरूबीच आजको भेटलाई निर्णायक छलफलका रूपमा हेरिएको छ। स्रोतका अनुसार छलफलका लागि रवि लामिछाने आज ललितपुरको कुपोण्डोलस्थित मेयर बालेन शाहलाई भेट्न जाँदैछन्।
राजनीतिक तथा प्रशासनिक विषयमा केन्द्रित हुने अनुमान गरिएको यस भेटवार्ताले आगामी सहकार्य र निर्णयमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० पुस २०८२, १२ : १८
लेखकबाट थप