रवि र बालेनसँगै कुलमान पनि सहमतिमा

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०८२, १९ : ५५
रवि र बालेनसँगै कुलमान पनि सहमतिमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ । 

 

उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएकाे जेनजी अभियन्ता सुदन गुरुङले राताेपाटीलाई जानकारी दिए ।

 

उनीहरूबिच पटक–पटक संवाद हुँदै आएपनि सहमति हुन सकेको थिएन ।  

 

यसअघि रवि र बालेनबिच पार्टी सभापतिमा रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने गरी सहमति भइसकेको थियो । 

प्रतिक्रिया दिनुहोस