एजेन्सी । बंगलादेशको राजधानी ढाकामा बुधबार बम विस्फोट भएको छ।
बीबीसी बंगलाका अनुसार, ढाकाको मगबजार क्षेत्रमा घरेलु बम प्रहारबाट एक व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीले मगबजार फ्लाईओभरबाट बम प्रहार गरिएको आशंका गरेको छ। घटनास्थल नजिकै एउटा चर्च छ।
ढाका महानगरीय प्रहरीको रामना डिभिजनका प्रहरी उपायुक्त मसुद आलमले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न क्षेत्रबाट सीसीटीभी फुटेज सङ्कलन र विश्लेषण भइरहेको बताए।
उनले पत्रकारहरूलाई बताएअनुसार फ्लाईओभरबाट घरेलु बम प्रहार गरिएका घटना पहिले पनि विभिन्न समयमा भएका छन्। यो आतंक फैलाउन गरिएको हो।
यो घटना क्रिसमससँग सम्बन्धित नरहेको विश्वास प्रहरीले गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १० पुस २०८२, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेघालय कोइलाखानी विस्फोट : खोटाङका तीनजनाको मृत्यु, एक जना बेपत्ता
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३१ पुग्यो
रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट, युवकको मृत्यु
ज्योति डिस्टिलरीमा विस्फोट, एकको मृत्यु, ६ कामदार घाइते
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
अमेरिकी सेनाको हतियार कारखानामा ठूलो विस्फोट, १९ जना बेपत्ता