पार्टी नेतृत्वमा नवयुवालाई ल्याऔँ : नेता गजुरेल

सफल खबर संवाददाता

सोमबार, ०७ पुस २०८२, ११ : ३५
पार्टी नेतृत्वमा नवयुवालाई ल्याऔँ : नेता गजुरेल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले जेन-जी आन्दोलनको मर्म र भावना अनुसारको पार्टी निर्माण गर्न नवयुवालाई नेतृत्वको अग्रपंक्तिमा ल्याउनुपर्ने बताएका छन् ।

उनले जेन-जी आन्दोलनको मर्म र भावनाको औपचारिक समर्थनमात्र पर्याप्त नभएको भन्दै यसको मर्मलाई व्यवहारमा उतार्नु नै वास्तविक परीक्षा भएको बताए । संविधान निर्माणपछिका चरणमा राजकीय जिम्मेवारीमा रहेकाहरूका काम, कारबाहीप्रति जेन-जीले उठाएका प्रश्नलाई गम्भीरतापूर्वक आत्मसात गर्नुपर्ने गजुरेलको भनाइ छ ।

‘संस्थागत समीक्षा, आत्मालोचना र व्यवहारगत रूपान्तरणसहित नेतृत्वको मूल टीम यो पुस्तासँग अन्तरघुलन गर्दै अगाडि बढ्नु आजको अपरिहार्य आवश्यकता हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस